Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमिति दुई घन्टा हेलिकप्टरबाटै निजगढ हेरेर फर्किएको छ।

सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टर लिएर उपसमिति सदस्य निजगढ उडेका थिए। उनीहरू उडेको हेलिकप्टर निजगढमा अवतरण गरेन। आकाशमा चक्कर लगार फर्कियो।

पर्यटन मन्त्रालयले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रूख काट्ने अनुमतिका लागि वन मन्त्रालयमा पत्र लेखेको थियो। सो विषयमा संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले चासो व्यक्त गरेको थियो।

आवश्यकताभन्दा धेरै रूख कटानका लागि अनुमति मागिएको भन्दै वन मन्त्रालयले हालसम्म पर्यटनलाई रूख काट्न अनुमति दिएको छैन।

प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थल निर्माण क्षेत्रमा रूख कटानबारे पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँग छलफल गरेको थियो। छलफलपछि समितिले अध्ययनका लागि पूर्वप्रधानमन्त्री नेपाल नेतृत्वमा उपसमिति गठन गरेको थियो।

‘जाँदा फास्ट ट्र्याक हेर्दै गयौँ’, निरीक्षणमा गएका उपसमितिका सांसद दिव्यमणि राजभण्डारीले भने, ‘निजगढमा घना जंगल देखियो। कतै फडानी गरेको पनि देखियो। टाँगिया बस्ती हेरियो।’

उनले निजगढको वन फन्को मारे पनि निर्माण क्षेत्र एकिन गर्न नसकिएको बताए।

‘गाइड पनि भएन’, राजभण्डारीले भने, ‘एरियल भ्यू हेरियो।’

संसदीय उपसमितिका सदस्यसँगै वन मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि हेलिकप्टरमा गएका थिए।

अनुगमनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर प्रयोग गरिएको थियो।

सेनाले उक्त हेलिकप्टर उडाउन प्रतिघन्टा ४ लाख ६५ हजार लिने गरेको छ। सरकारी निकायको हकमा १२ प्रतिशत छुट दिने गरेको छ। अर्थात् उपसमिति र मन्त्रीहरुले दुई घन्टा हेलिकप्टरबाट निरीक्षण गर्दा प्रति घन्टा ४ लाख ९ हजार २ सय खर्च गरेका थिए। ‘पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले हेलिकप्टरमा टेलिभिजनलाइ अन्तर्वार्ता दिनुभयो’, अनुगमनमा सहभागि एक सांसदले भने, ‘अनुगमनबाट के देखियो भन्नु, केही छैन।’

राजभण्डारीले भने उपसमितिले निजगढको पुनस् स्थलगत निरीक्षण गर्ने बताए।

‘हामी अब मोटरबाटै जान्छौं’, उनले भने, ‘माधव नेपालले पनि पछि मोटरबाट जाने भन्नुभएको छ।’ उनले निर्माण क्षेत्रबारे ‘ओभरअल आइडिया’ भएको दाबी गरे।

गत असोज १२ गतेको समिति बैठकमा नेता नेपालले पर्यटन मन्त्री अधिकारीलाई रूख काटेर निजगढमा सहर नबनाउन सुझाव दिएका थिए। उनले नेपालमा अध्ययन कम हतारमा गर्ने पछि पछुताउने र भविष्य नसोच्ने प्रवृत्ति रहेको बताएका थिए।

नेपाल आफैं संयोजक रहेको समितिले भने लाखौं खर्चेर हतारहतार निरीक्षण गरेको हो।

‘उपराष्ट्रपतिको चियापानमा आउन हतार थियो’, अनुगमनमा गएका एक सदस्यले भने, ‘त्यसैले हेलिकप्टरमा घुमेर आइयो

तपाईको प्रतिक्रिया