Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २० कात्तिक । काठमाडौ प्रशासनले तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयम देउसीभैलो खेले कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउसीभैलो खेल्ने बाहनामा राति उच्छृङ्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले राति अवेरसम्म देउसीभैलो खेल्दा झैझगडा, कुटपिट, हुलदङ्गा हुनसक्ने भएकाले शान्तिसुरक्षा कायम राख्नका साथै अपराध नियन्त्रण गर्न राति १० बजेसम्मको समयअवधि उचित भएको सरोकारवालाको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले पनि तिहारमा घरपरिवारसँंग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया