Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, ९ कार्तिक २०७८ । झापाको गौरादह नगरपालिका-५ महारानीझोडाको नमुना एकिकृत सहकारी खेतीमा निर्मित नमुना पाहुना घरको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा कृषिको उपादकत्वलाई वृद्धि गर्न त्यसको गुणस्तरलाई बढाउन आधुनिक ढंगबाट खेती गर्नुपर्ने तर्फ कुरामा अझ जोड दिनुपर्ने बताउनुभएको छ । कृषि क्षेत्र पछाडी परेका कारण पनि बढी प्रतिफल दिन सक्ने अवस्था नरहेको बताउनुभयो ।

नमुना सहकारी खेतीको परिसरमा निर्माण भएको नमुना पाहुना घर र नमुना जेष्ठ नागरिक मिलन केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । टुक्रा भएको जमिन र खेतीलाई सहकारी मार्फत एकिकृत गरेर नमुना सहकारी खेतीको रुपमा निर्माण गरेर सहकारीले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । त्यसअवसरमा नमुना पाहुना घर र नमुना जेष्ठ नागरिक मिलन केन्द्र निर्माण कार्य सम्पन्न गरेर यस कार्यमा योगदान पुर्याउने सम्पूर्णलाई स्मरण गर्दै नमुना सहकारीले लिएको अहिलेको बाटो ठिक रहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, फरक प्रसंगमा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बनाएकोले त्यो राष्ट्रिय आकांक्षा पूरा गर्न आफू लागिपरेको बताउनभयो । अहिले मन्त्रि पनि को को रहेको आफूलाई थाहा नभएको भन्दै व्यंग्य गर्नुभयो । आफू प्रधानमन्त्री रहँदा १४०० बाटो निर्माण गर्ने कुरालाई अहिलेकोे सरकारले त्यसलाई खारेज गरेको बताउनुहुँदै अहिलेको सरकार केहि गर्न नसक्ने आरोप लगाउनुभयो ।

त्यसअवसरमा गौरादह नगरपालिकाकी नगर उपप्रमुख गिता भेट्वालले नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि स्व.रविन्द्र अधिकारीको कार्यकालमा नेपालमा १०० वटा पर्यटन गन्तव्य स्थल निर्माण कार्यक्रम अन्तर्गत नमूना एकिकृत सहकारी खेती बीउ उत्पादन समूहको प्रस्तावना र नगरपालिकाको सहयोगमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत भई आर्थिक वर्ष २०७५/०७६ देखि ०७७/७८ सम्ममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नगरपालिका र उपभोक्ता समितीको समेतको कुल लगानी १ करोड ९५ लाख ३५ हजार ६ सय ३० रुपैयाँको लागतमा ५ वटा पाहुना घर, एक सभा भवन, एक भान्सा घर तथा कोशेली घर र परिषर निर्माण भएको बताउनुभयो ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा नमूना जेष्ठ नागरिक मिलन केन्द्रको प्रस्तावना, नगरपालिकाको सहयोगमा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट स्वीकृत कार्यक्रम अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नगरपालिका र उपभोक्ता समितीको कुल लगानी ९५ लाख ६१ ह्जार ६ सय ८५ रुपैयाँको लागतमा १ वटा पाहुना घर, २ वटा जेष्ठ नागरिक दिवा विश्राम स्थल निर्माण भएको बताउनुभयो ।

यस्तै, पाहुना घरमा पूर्वाञ्चल क्षेत्रकै हाइब्रेड मकैको बीउ उत्पादन कार्यको थालनी गर्नुका साथै मूलूक को दोस्रो मकैको चिउरा उत्पादन गर्ने मिलको थालनी गरेको भएपनि आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएको नमूना एकिकृत सहकारी खेती बिउ उत्पादन समूहका संचालन समिती सदस्य तथा वार्ड नं. ५ का वडाध्यक्ष छत्रपति सुवेदीले बताउनुभयो ।

कार्यक्रममा अवलोकनकर्ताहरुका लागि महारानीझोडा साना किसान कृषि सहकारीका सदस्यहरुद्वारा सञ्चालित अचार, दुग्धका परिकार, गुडिया, चप्पल जुत्ता, माला पोतेका स्टलहरु समेत राखिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख रोहित कुमार शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा पूर्वमहान्यायधिवक्ता अग्नि खरेल, १ नं. प्रदेश सरकारका पूर्व आन्तरीक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभाका सदस्य हिक्मत कार्की, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला लगायतको उपस्थिति रहेको थियो । गौरादह नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया