Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का

गौरादह, ६ कार्तिक २०७८ । शुभलक्ष्मी सहकारी संस्था गौरादहको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। गत असोज १६ गते देखि २४ गते सम्म संचालन गरिएको साधारणसभा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको छ। संस्थाले शनिबार समापन तथा सम्मान कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो। सम्मानित हुनेहरुमा संस्थाका संसथापक अध्यक्ष टंक प्रसाद अधिकारी, पुर्ब संचालक समिति सदस्य देबी प्रसाद गौतमलाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।जेष्ठ सेयर सदस्य छत्र बहादुर अधिकारी र खेम कुमारी पौडेललाई नगद २र२ हजारका दरले सम्मान पत्र सहित सम्मान गरिएको थियो।

शुभलक्ष्मी शैक्षिक प्रोत्साहन पुरस्कारबाट सुनिता पौडेल नगद ४ हजार र उत्कृष्ट कर्मचारी पुरस्कारबाट संस्थाका कर्मचारी दिपेन्द्र खड्का नगद ५ हजार ५ रुपैयाँ सहित सम्मान पत्रका साथ सम्मान गरिएको थियो। शुभलक्ष्मी उत्कृष्ट व्यावसायि पुरस्कारबाट तरकारी व्यावसायि गर्ने दिलिप कुमार ताजपुरिया, उत्कृष्ट कारोबारी गर्ने २१ जना सदस्य, बाल बचत तर्फ नयन भट्टराई, नियमित बचत कर्ता चन्द्र कला नेपाल, नियमित कारोबारी सूर्य बहादुर श्रेष्ठ, सहकारी पसलमा नियमित समान खरिद गर्ने ५ जना लाई पुरस्कृत गरिएको थियो। संस्थाका अध्यक्ष प्रकाश कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टंक प्रसाद अधिकारी, देबि प्रसाद गौतम, पुष्पलाल ढकाल, शुरेस बहादुर पौडेल, मोहोन कृष्ण घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष दिलिप भण्डारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका सचिब हेमचन्द्र घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया