Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १९ कात्तिक । झापाको गौरादह नगरपालिका ८ को खेलकुद विकास समितिले आयोजना गरेको वार्ड स्तरीय भलिवल प्रतियोगिताको आज भएको खेलामा वार्ड नम्मर ७ र १ विजय भएका छन् ।

अरुणदय आधारभुत विद्यालयको खेल मैदानमा आज सोमबार संचालन गरिएको खेलमा वार्ड नं १ ले वार्ड नं २ लाई २५– २२ र २५– १९को सोझो सेटमा पराजित गरेको थियो ।

दोस्रो खेलमा वार्ड नं ४ अनुपस्थित रहेपछि वार्ड नं ७ वाक ओभरबाट विजयी भएको छ । भोलि मंगलबार वार्ड नं ७ र ३ तथा वार्ड नं १ र ८ बीच सेमी फाईनल खेल हुने आयोजक समितिका अध्यक्ष लुकाप्रसाद राजवंशीले अनलाइन बिचारलाई जानकारी गराए ।

तपाईको प्रतिक्रिया