Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १७ असोज २०७८ । साताको सुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो ।

बजार परिसूचक नेप्से २५ सयको लाइनमा आयो । गत बुधबार एकाएक ५० अंकको उछाल आएको बजारमा विहीबार पुनः गिरावट आएको थियो ।

आइतबार नेप्से ५५ अंकले ओरालो लागेर २५ सय ७७ कायम भएर थामियो । यस दिन सबै समूह राताम्मे रहँदा कारोबार पनि ४ अर्बमा सिमित रह्यो ।

जीवन बीमा समूह सबैभन्दा उच्च झण्डै ३ सय अंकले ओरालो लाग्यो । निर्जीबन बीमा समूह पनि २ सय अंक हाराहारीले झर्यो । विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन, जलविद्युत र वित्त समूह पनि सय अंक हाराहारीले ओरालो लागे । लघुवित्त, अन्य, व्यापार र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ८९ लाख बढी कित्ता शेयर ४ अर्ब १२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७२ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा ११ कम्पनीका लगानीकर्ताले कमाए भने २ कम्पनीको मूल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया