Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, १६ असोज २०७८। झापाको गौरादह-१ मा रहेको शुभलक्ष्मी सहकारी संस्था लिमिटेडले वार्षिक प्रतिवेदन २०७८ सार्वजनिक गरेको छ । शनिबार आफ्नै सभाहलमा २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्नका लागि एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष, पदाधिकारी तथा सल्लाहकारहरु सहितले संयुक्तरुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

संस्थाका अध्यक्ष प्रकाश कार्कीले प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७।०७८ मा सहकारीले १ करोड ६४ लाख ७३ हजार ४ सय ७५ रुपैयाँ खुद मुनाफा गरेको बतााउनुभयो । सो नाफाबाट संस्थाले ७ लाख ६७ हजार ४ सय रुपैयाँ कर तिरेर बाँकी रहेको १ करोड ५७ लाख ६ हजार ७५ रुपैयाँ शेयर सदस्यहरुमा लाभांस तथा अन्य कोषहरुमा बाँडफाँड गर्ने भएको छ ।

सहकारीद्वारा सार्वजनिक गरिएको सो आर्थिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७।०७८ सम्ममा संस्थामा १ हजार ४ सय ६ जना महिला सदस्य, १ हजार ५ सय ५४ जना पुरुष सदस्य र अन्य ७ गरी २९ सय ६७ जना सेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल सेयर पुजी ७ करोड ६४ लाख ९४ हजार ७ सय रहेको छ । २०७८ असार मसान्तसम्म संस्थाको कुल कारोवार वासलात ७१ करोड ८५ लाख २६ हजार ८ सय ४६ रहेको छ ।

कोभिड-१९ को कारण विगतमा जस्तो शेयर सदस्यहरुको वृहत उपस्थितिमा साधारण सभा गर्न नमिल्ने भए पछि संस्थाले २३ औं साधारण सभा आजबाट सुरु गरि असोज २४ सम्म पूर्ण स्वास्थ्य सावधानी अपनाएर साधारण सभा गर्ने भएको छ । यस्तै आज सदस्यता नं. १ देखि ३ सय ६५ सम्मका लागि संस्थाकै कार्यालयमा शेयर सदस्यहरुलाई उपस्थित गराइएको थियो । असोज १७ गते सदस्यता नं. ३ सय ६६ देखि ७ सय १९ सम्मका लागि, १८ गते सदस्यता नं. ७ सय २० देखि १ हजार ४४ सम्म, १९ गते सदस्यता नं. १ हजार ४६ देखि १ हजार ३ सय ६६ सम्म, २० गते सदस्यता नं. १ हजार ३ सय ६७ देखि १ हजार ६ सय ८० सम्म, २१ गते सदस्यता नं. १ हजार ६ सय ८१ देखि २ हजार १ सय ३ सम्म, २२ गते सदस्यता नं. २ हजार १ सय ४ देखि २ हजार ९ सय ८८ सम्म, २३ गते सदस्यता नं. २ हजार ९ सय ८९ देखि ४ हजार ७१ सम्म र सदस्यता नंं. ४ हजार ७५ देखि माथि सबै का लागि संस्थाकै कार्यालयमा शेयर सदस्यहरु उपस्थित गराई साधारण सभा सम्पन्न गरिने जनाइएको छ । यस्तै, सेवा केन्द्र बैगुन्धुरा अन्तरगतका सदस्यहरुलाई आज देखि असोज २४ गतेसम्म बैगुन्धुरा सेवा केन्द्रमा स्थान निर्धारण गरिएको जनाएको छ ।

साधारण सभामा सहभागि हुन आउने शेयर सदस्यले पूर्व निर्धारीत आफ्नो पालो अनुसार उपस्थित भई स्वास्थ्य मापदण्ड अनुसार माक्स अनिवार्य लगाउनु पर्ने तथा सामाजिक दुरीको पालना गर्नुपर्न संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताउनुभयो । कार्कीका अनुसार साधारण सभामा सहभागि हुन आउने शेयर सदस्यहरुलाई परिवहन खर्च ५ सय रुपैयाँ र १ हजार रुपैयाँ बराबरको सामान खरिद कुपन उपलब्ध गराइने छ ।

यस्तै, संस्थाको कार्यक्षेत्रलाई झापा जिल्लाभर कायम गर्ने साथै २०७८/०७९ सम्ममा ३ वटा सेवाकेन्द्र थप गरिने अध्यक्ष कार्कीले बताउनुभयो । यस्तै, संस्थाले आफ्ना शेयर सदस्यहरुको सहजताका लागि अब चाँडै नै एटिएम कार्डको व्यवस्था गर्ने जुन कार्ड नेपाल, भारत र भूटानमा सजिलै प्रयोगमा ल्याउन सकिने संस्थाका सचिव हेमचन्द्र घिमिरे(राजु)ले जानकारी गराउनुभयो ।

सहकारीका अध्यक्ष प्रकाश कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव हेमचन्द्र घिमिरे(राजु)ले संचालन गरेको सो वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया