Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, १३ असोज २०७८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको बिषयमा दमकका सरोकारवालाहरुसंग छलफल गरेको छ । खाद्य वस्तुको उत्पादनस्तर देखि बिक्री वितरण एवम् आयत र निर्यात सम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण र प्रमाणिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने सम्बन्धमा छलफल भएको हो ।

बजारमा अनुगमनमा देखिएका समस्याहरुको बिषयमा गहन रुपमा छलफल भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका कार्यालय प्रमुख भरत बहादुर पुरीले उपभोक्ताको हित संरक्षणमा झापा लगायत पुर्वी पहाडि जिल्लाहरुमा आफुहरुले निरन्तर रुपमा यसका लागि कार्यहरु गर्दै आएको जनाउदै अहिलेसम्मका उपलब्धिहरु सार्वजनिक गरेका थिए ।

दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीहरुको बिषयमा भनाई राखेका थिए । उनले उपभोक्ताहरुको हितमा ब्यवसायीहरु लाग्नु पर्नेमा जोड दिदै सरोकारकावालाहरु सबैको सहकार्यमा समस्याको सामधान गर्न सकिने जनाए ।

उपभोग्य मिति समाप्त भएका सामाग्रिहरु फिर्ताको बिषयमा डिलरहरुबाट ब्यवसायीहरु मारमा परेकाले यस बिषयमा उनले ध्यानकर्षण पनि गराए । ब्यवसायीहरुले कतिपय असम्भव बिषयहरुलाई लिएर सुधार गर्न भन्दै चेतावनी दिने गरिएको भन्दै ब्यवहारिक पक्ष हेर्न आग्रह गरेका थिए ।

सो अवसरमा खाद्य बस्तु उत्पादन तथा बिक्री बितरण गर्दा अति आवश्यक लेबलको बिषयमा पनि छलफल भएको थियो । लेवल नभएका सामाग्रिहरु बिक्री बितरण गर्नु दण्डनीय हुने भन्दै ब्यवसायीहरुलाई यसमा सचेत हुन भनिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया