Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरिगञ्ज, १९ कात्तिक । गौरिगञ्ज, गौरिगञ्जमा केन्द्रीय कार्यलय रहेको नेपाल महतो समाज कल्याण परिषदले रक्तदान सहित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शुभ–दिपावली तथा छठ पर्वको अवसरमा प्रत्यक बर्ष आयोजना गर्दैआएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि निरन्तरता दिएको महतो समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष मखना महतो गैदारले जानकारी गराए । महतो समाज कल्याण परिषदले संचालन गरेको रत्तदान कार्यक्रममा गौरिगञ्ज गाउँपालिका भित्रका एक महिला सहित ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा संकलित रगतलाई उपशाखा दमकको ब्लड बैठक संचित गरिएको छ ।

 

महतो समाज कल्याण परिषदले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा गौरिगञ्ज गाउँपालिका भित्रका सामुदायिक र संस्थागत सहित १० विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा एकल र सामुहिक नृत्य प्रतियोगिता भएको थियो । एकल तर्फ गौरिगञ्ज मावि प्रथम, मुनलाइट एकेडेमी दोस्रो र ज्ञानकुञ्ज एकेडेमी तेस्रो भएका थिए।

त्यसैगरी सामुहिक तर्फ देवकोटा मावि प्रथा, ज्ञानोदय मावि दोस्रो, मुनलाइट एकेडेमी तेस्रो र युनिभर्शल एकेडेमी सान्त्वना भएका थिए । एकल तर्फ प्रथम, द्वितीय, तृतीयलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र सामुहिक तर्फ ५ हजार, ३ हजार, २ हजार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

सोही अवसरमा महतो समाज कल्याण परिषदले जेष्ठ नागरिक हरिलाल महतो र महिला तर्फ पर्मेश्वरी महतोलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । त्यसैगरी संचार कर्मी आत्माराम राजवंशी र मदन राजवंशीलाई पनि सम्मान गरिएको थियो । महतो समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष गैदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि र उपाध्यक्ष दिपेन्द्र थापा विशेष अतिथि रहेका थिए ।

त्यस अवसरमा इलाका प्रशासन कार्यलय गौरिगञ्जका प्रमुख चडामणी भट्टराई, गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्य, नेविसंघ केन्द्रीय सदस्य निरज अग्रवाल पत्रकार आत्माराम राजवंशी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सचिव कृष्ण महतोले गरेका थिए

तपाईको प्रतिक्रिया