Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरादह, ७ असोज २०७८ । गौरादह नगरपालिका वडा नं.६ दामुनामा संचालन गरिएको साबुन फ्याक्ट्रीको उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं।१ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन। उद्घाटन गर्दै मन्त्री तिवारीले ग्रामीण क्षेत्रका युवाहरुलाई रोजगारीका अवसर सृजना गराउन र ग्रामीण क्षेत्रलाई बिकाशको गतिमा अगाडि बढाउन ठुला उद्योगको आवश्यकता रहेको बताए।

विकासका लागि ठुला उद्योगको बिस्तार गर्न आवश्यक पुर्वाधारको कार्य गर्न सरकार तयार रहेको धारणा राखेका छन। पछिल्लो समयमा उद्योगले भोग्दै आएका समस्याका बारेमा बताउदै मन्त्री तिवारीले सडक संजाल बिस्तार र दक्ष जनशक्तिको आवश्यकता रहेको बताएका छन। स्थानीय युवाहरुको सक्रियतामा झापाली ग्रुप अफ कम्पनी प्रा.ली.को नामबाट साबुन कम्पनी स्थापना गरिएको छ। कम्पनीले लुगा धुने र भाँडा सफा गर्ने साबुन उत्पादन गर्ने कम्पनीका देबराज बुढाथोकीले जानकारी गराए। कम्पनीले उत्पादन गरेको गुन्जन साबुन बजारमा निस्किएको र अन्य साबुनको तुलनामा केही सस्तो मुल्यमा ग्राहक सामु बजारमा आउने कम्पनीका कमल श्रेष्ठले जानकारी गराए।अहिले कम्पनीले लुगा धुने साबुन २ सय ग्रामको उत्पादन गरि बजारमा निकाली सकेको र भाँडा सफा गर्ने साबुन पनि तत्कालै निकाल्ने श्रेष्ठले बताए।

कम्पनी स्थापनाका लागि स्थानीय ३ जना युवाहरुले संयुक्त लगानी गरेको जनाइएको छ। स्थानीय युवाहरुले एक करोडको लगानी गरेको र प्रति घण्टा १ सय के।जी। साबुन उत्पादन गरेको कम्पनीका अध्यक्ष खेमराज कडरियाले जानकारी गराए। कम्पनीबाट उत्पादन गरिएको साबुन डिलर मार्फत बजारिकरण गरिने कडरियाले बताएका छन। उद्घाटन कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुली र समाज सेवी अनिलकृष्ण प्रसाईंले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा स्थानीय युवाहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए। कार्यक्रमको सभापति समेत रहेका कम्पनीका अध्यक्ष खेमराज कडरियाले ग्रामीण क्षेत्रमा उद्योग संचालन गर्नुको औचित्य माथि प्रकाश पारेका थिए। कार्यक्रमको संचालन सुदिप बस्नेतले गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया