Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह, ३ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एकाइगत शाखा ग्वालडुब्बाले २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। गौरादह नगरपालिका वडा नं -७ को सामुदायिक भवन ग्वालडुब्बामा सम्पन्न साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

प्रगति प्रतिबेदन प्रस्तुत गर्दै अधिकृत उप्रेतीले यस आर्थिक बर्षबाट संस्थाले सदस्य, कर्जा र निक्षेपमा नीति परिवर्तन गरेको जानकारी गराएका थिए। संस्थाका संचालक समिति सदस्य देब कुमार सेर्माद्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले सामाजिक योगदानमा मेरो एक रुपैयाँ कार्यक्रम संचालनका लागि कार्य बिधिबनाई लागू गरिएको जानकारी गराएका थिए।

संस्थाका बिता अर्जुन क्षेत्रीय कार्यलय प्रमुख प्रकाश सुबेदीले संस्थाले ११ अरब ८० करोड ५३ लाख ३८ हजार ७ सय ८५ रुपैयाँ कुल कारोबार गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाले गत आर्थिक बर्षमा २५ करोड ८८ लाख ७८ हजार १ सय ८८ रुपैयाँ खुद नाफा गरेको जानकारी गराएका थिए।

संस्थाका ग्वालडुब्बा कार्यलयगत उप समिति संयोजक अम्बर सुबेदीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियो। ग्वालडुबागत सेयर सदस्य शिव नारायण माक्रा, छाँया देबि दाहाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए। ग्वालडुब्बागत सेयर सदस्य बद्री थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाको ग्वालडुब्बा कार्यलय प्रमुख भोलानाथ सुबेदीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया