Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३० भदौ २०७८ । कारोबार हुने साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार सेयर बजार परिसूचक नेप्से ४० अकंले ओरालो लागेर २ हजार ८ सय ८९ विन्दुमा थामिएको छ । यस्तै ठूला कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्स पनि यस दिन ६ अंकले ओरालो लागेर ५ सय ३८ विन्दुमा झरेको छ ।

यस दिन सबै समूहहरू राताम्मे रहे । निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २ सय ७२ अंकले पहिरो जाँदा जीवन बीमा १ सय ७५ र विकास बैंक १ सय १९ अंकले ओरालो लागेको छ । म्यूचल फण्ड समूह स्थिर रहँदा लगानी समूह २ अंकले मात्र तल झर्‍यो ।

बुधबार ११ कम्पनीले कमाइ गर्दा १ सय ७२ कम्पनीले गुमाएका छन् भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।

नेप्से लगातार झरेपछि कारोबार रकममा पनि व्यापक गिरावट आएको छ । २ सय २२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया