Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १६ भदौ २०७८ । स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष डा। चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीलाई देखाउँदै स्थगित गरिएको थियो ।

बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि १२ कक्षाको परीक्षा दुईपटक स्थगित भइसकेको छ । परीक्षा होम सेन्टरमै हुनेछ ।

 

तपाईको प्रतिक्रिया