Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ७ भदौ २०७८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ कोे परीक्षा दसैं अगाडि नै गर्ने तयारी गरेको छ । विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले पनि दशैं अघि नै परिक्षा गरिसक्ने तयारी गरेको हो । यसअघि दुई पटक तय भएर स्थगित हुँदा परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिएँ ।

परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, चिकित्सा शिक्षा आयोग सिटीइभिटीको परीक्षा नरोकिएकाले कक्षा १२ को परीक्षा पनि गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति कुरिरहेको छ।

 

तपाईको प्रतिक्रिया