Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं , १६ कात्तिक, । नरेश बुढाऐरको आक्रामक अद्र्धशतकको मद्दतमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ । लगातार तेस्रो पराजयसँगै पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेटमा बुटबलको उपाधि होड कमजोर बनेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौंले बुटवललाई १७३ रनको चुनौती दिएको थियो । इनिङको मध्यभागसम्म बुटबल जिततर्फ अग्रसर देखिएको थियो । १० ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ८५ रन बनाएको बुटबल त्यसपछि भने धराशायी भयो ।

यूएईका ब्याट्सम्यान रोहन मुस्तफाले एउटा इन्ड सम्हाले पनि अर्को इन्डमा विकेट पतन रोकिएन । अन्ततः बुटवलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो ।

बुटवलका लागि ओपनर रोहन मुस्तफाले उत्कृष्ट ब्याटिङ गरे । उनले ५१ बलमा ५ चौका र ४ छक्काको सहयोगले ६१ रन बनाए । काठमाडौंका स्पिनर सुसन भारीलाई उनले लगातार तीन छक्का प्रहार गरेका थिए ।

तर, बसन्त रेग्मीले उनलाई एलबीडब्लू धरापमा पार्दै काठमाडौंलाई खेलमा फर्काए । बुटवलका लागि सिद्धान्त लोहनीले १३ र भिम सार्कीले १२ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ काठमाडौंका अमरसिंह रौटेलाले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने बसन्त रेग्मी र नन्दनकुमार यादवले समान २(२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । विस्फोटक ब्याटिङ गर्दै नरेश बुढाऐरले काठमाडौंको इनिङ्स सम्हालेका थिए । उनले मात्र २८ बलमा ५८ रन बनाए । उनको इनिङमा ५ छक्का र ३ चौका प्रहार समावेश थिए ।

यसैगरी ओपनर जयकृशन कोल्सावालले ४५ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा २५ रनको योगदान दिए । पवन सर्राफले २२ रनको योगदान दिएका थिए ।

तपाईको प्रतिक्रिया