Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

पोखरा, १६ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा रन १७२ जोडेको थियो । काठमाडौंका लागि नरेश बुढाऐरले अर्धशतकको योगदान गरे ।

२८ बल खेलेका उनले ३ चौका र ५ छक्काको मद्दतले ५८ रन जोडेर नटआउट रहे । त्यस्तै जयकसिन कोल्सवालाले ४५, कप्तान ज्ञानेन्द्र मल्लले नटआउट २५, पवन सर्राफले २२, गौरव तोमरले ११ रन जोडे ।

बलिङतर्फ बुटवलका विपिन खत्रीले २, रोहन मुस्ताफा र सम्सद सेखले १र१ रन जोडे ।

बुटवलले खेलेका यसअघिको ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको थियो । यता, काठमाडौंको पनि समान ४ अंक रहेको छ । काठमाडौंले ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ ।

यसअघि आजै भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया