Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं १६ कातिक । लसुन अ‌ौषधीय तत्व भएको खान्की हो। यो मानव स्वास्थ्यका लागि निकै उपयोग मानिन्छ। यसको नियमित सेवनबाट स्वास्थलाई धेरै फाइदा हुन्छ। प्रायजसो लसुन मसलाको रुपमा प्रयोग गरिन्छ। यसले खाना स्वादिलो बनाउनमा विशेष भूमिका खेल्छ।

यतिमात्र नभएर लसुनको प्रयोगबाट पेटसम्बन्धी कतिपय समस्याबाट बच्न सकिन्छ। लसुनलाई विभिन्न परिकारसँग मिलाएर खान सकिन्छ। यसबाट अचार पनि बनाउन सकिन्छ।दाल र तरकारी झान्नका लागि पनि लसुनको प्रयोग गर्न सकिन्छ।लसुन,अदुवा र टमाटर मिलाएर बनाएको अचार खाँदाको मज्जा नै बेग्लै हुन्छ।

लसुन छालाका लागि पनि महत्वपूर्ण मानिन्छ।यसको प्रयोगबाट छालालाई स्वस्थ र सफा राख्न सकिन्छ। यसमा एन्टिएजिंग तत्व प्रशस्त मात्रामा रहेको हुन्छ।यसको सेवनबाट उमेर नपुग्दै छालामा आउने चाउरीबाट बच्न सकिन्छ। लसुनबाट हुने फाइदाहरु ( लसुनको रस निकालेर अनुहारको छालामा लगाउँदा दाग धब्बा हटेर जान्छ। ( लसुनको एउटा पोटी पिसेर बनाएको पेष्टमा टमाटरको रस मिलाएर अनुहारको छालामा लगाउँदा यसले बन्द भएका प्वालहरु खुलाउँछ।

जसले गर्दा त्यहाँ भएको फोहोर बाहिर निस्किन्छ र छाला सफा र चम्किलो देखिन्छ। ( लसुनको रस जैतुनको तेलमा मिलाएर मन तातो बनाइ चाउरी परेको छालामा लगाउँदा चाउरी हटेर जान्छ। ( अनुहारको छालामा रातो रातो दागहरु आएको छ भने लसुनको पेष्ट बनाएर लगाउँदा रातो दागहरु हटेर जान्छ।

 बिहान खाली पेटमा लसुन खाँदा यसले एन्टी एजींगको काम गर्छ। बिहान लसुन र कागती पानी खाने गरेमा उमेर नपुग्दै आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसको नियमित सेवनबाट कब्जियत, चिसोमा लाग्ने खोकी र ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ।

श्रोत (एजेन्सी)

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments