Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

दुवै पक्षले हप्तामा २८ वटा उडान गर्न पाउने

काठमाडौं, १६ कात्तिक । नेपाल र थाईल्याण्डबीच ४७ वर्षअघि भएको हवाई सम्झौता नवीकरण भएको छ ।

सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नवीकरण गरेसँगै नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका छन् ।
पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को-अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डन संगठन (आइकाओ) ले निर्दिष्ट गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको हो ।

तपाईको प्रतिक्रिया