Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

शान्ति सुब्बा
गौरादह, १५ साउन २०७८ । झापाको गौरादहमा साउन १३ गते बुधबारबाट सञ्चालन भइरहेको कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो दिन बिहिबार १ हजार ५ सय ५८ जनाले खोप लगाएका छन् । ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा बुधबारबाट लगाउन थालिएको हो । यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, बैंक बित्तिय संस्थामा कार्यरत कर्मचारी, पेट्रोल पम्पका कर्मचारी र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु लगायतले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

जसमा गौरादह नगरपालिका भित्र तोकिएको ५ वटा खोप केन्द्रबाट बिहिबार दोस्रो दिन ५५ वर्ष माथि उमेर समूह भएका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्था, सवारी चालक, वैदेशिक रोजगार, औषधी व्यवसायी, अपाङ्ग(रातो र हरियो कार्ड),शिक्षक र पेट्रोल पम्पका कर्मचारीहरुले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । जस अन्तर्गत गौरादह स्वास्थ्य चौकीबाट २ सय ८७ महिला र २ सय ९७ पुरुष गरि ५ सय ८४ जना, महारानीझोडा स्वास्थ्य चौकीबाट १ सय ७५ महिला र १ सय ४७ पुरुष गरि ३ सय २२ जना, कोहबरा स्वास्थ्य चौकीबाट ९१ महिला र १ सय १२ पुरुष गरि २ सय ३ जना, जुरोपानी स्वास्थ्य चौकीबाट १ सय ३६ महिला र १ सय ७५ पुरुष गरि ३ सय ११ जना र बैगुन्धुरा स्वास्थ्य चौकीबाट ७२ महिला र ६६ पुरुष गरि १ सय ३८ जनाले खोप लगाएका छन् । जसमा ७ सय ६१ महिला र ७ सय ९७ पुरुष गरि १ हजार ५ सय ५८ जनाले खोप लगाएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, ५ वटा खोप केन्द्रबाट बिहिबार मात्र ५५ वर्ष माथिकाले गौरादह स्वास्थ्य चौकिबाट २ सय ७७ महिला र २ सय ७० पुरुष गरि ५ सय ४७ जना, महारानीझोडा स्वास्थ्य चौकिबाट १ सय ६१ महिला र १ सय २२ पुरुष गरि २ सय ८३ जना, कोहबरा स्वास्थ्य चौकीबाट ८० महिला र ८७ पुरुष गरि १ सय ६७ जना, जुरोपानी स्वास्थ्य चौकीबाट १ सय ३० महिला र १ सय ५७ पुरुष गरि २ सय ८७ जना र बैगुन्धुरा स्वास्थ्य चौकीबाट ६५ महिला र ४४ पुरुष गरि १ सय ९ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । जसमा ७ सय १३ महिला र ६ सय ८० पुरुष गरि १ हजार ३ सय ९३ जना मात्र ५५ वर्ष माथिका नागरिकहरु रहेका छन् ।

यस्तै, बुधबार पहिलो दिन ४ हजार भ्याक्सिन प्राप्त भएकोमा १ हजार २ सय ६९ वटा खोप लगाइएको जनाइएको छ । बुधबार १ हजार २ सय ६९ जनाले खोप लगाएको हुनुपर्नेमा जोड्न गल्ति भएकाले १ हजार २ सय ९६ हुन गएको सहसंयोजक श्रेष्ठले बताउनुभयो । यस्तै बिहिबार ३ हजार ५ सय ३१ खोप प्राप्त भएकोमा १ हजार ५ सय ५८ खोप खर्च भएको र १ हजार ९ सय ७३ खोप बाँकी रहेको जनाएको छ । यस्तै, खोप लगाउन जाँदा नागरिकताको परिचय पत्र वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने परिचय पत्रको फोटोकपी, बैंक वित्तिय संस्था, पेट्रोल पम्पको हकमा सम्बन्धित कार्यालयले जारी गरेको परिचय पत्रको फोटोकपी तथा वैदैशिक रोजगारमा जानेले भिसाको फोटोकपि लिएर खोप लगाउन जान आग्रह गरेको छ । गौरादह नगरपालिकालाई ४ हजार ४ सय भेरोसेल खोप प्राप्त भएको जनाएको छ । खोप कार्यक्रम साउन १५ गते सम्म सञ्चालन हुने जनाइएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया