Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १४ साउन २०७८ । झापाको गौरादहमा दमकलमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक घर भएका अन्दाजी ६५-६६ वर्षिय पत्रलाल तामाङ्गको कोरोना संक्रमणबाट मृत्यु भएको हो । २०-२२ दिन अघि कोरोना संक्रमण पुष्टी भएपछि दमकको कोभिड अस्पतालमा उपचाररत रहेका तामाङ्गको बिहिबार(आज)बिहान मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखाका प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

मृतक तामाङ्ग गौरादह नगरपालिकाको दमकलमा कार्यरत भएता पनि घर दमक भएकाले उहाँको मृत्यु संख्या दमकमा नै जोडिने गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै गौरादह नगरपालिकाको बारुणयन्त्र शाखामा कार्यरत कर्मचारी तामाङ्गको मृत्यु भएको प्रति शोक व्यक्त गर्दै आज एक दिन नगरपालिका तथा अन्तर्गत शाखा कार्यालय, वडा कार्यालयहरु बन्द रहने जनाएको छ । यस्तै, कोभिड महामारी विरुद्ध चलिरहेको खोप कार्यक्रम भने, बन्द नरहने जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया