Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

शान्ति सुब्बा

गौरादह, १३ साउन २०७८ । झापाको गौरादहमा आज(बुधबार)बाट कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । आज पहिलो दिन १ हजार २ सय ९६ जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएका छन् । जस अन्तरगत ५५ वर्ष माथ उमेर समूह भएका नागरिक, स्वास्थ्यकर्मी, शिक्षक, बैंक बित्तिय संस्था, प्रहरी, वैदेशीक रोजगारीमा जाने र पेट्रोल पम्पका कर्मचारीहरुलाई समेत गरि आज पहिलो दिन १ हजार २ सय ९६ जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

जसमा ५५ वर्ष माथिका ४ सय ७ महिला र ५ सय ६५ पुरुष गरि ९ सय ७२ जनाले खोप लगाएका छन् । यस्तै, जुनसुकै उमेर समूह भएका स्वास्थ्यकर्मी १३ महिला र १२ पुरुष गरि २५ जना, बैंक वित्तिय संस्थाका ५९ महिला र १ सय ४ पुरुष गरि १ सय ६३ जना, सवारी चालक पुरुष १२ जना, सुरक्षाकर्मीहरु महिला १ र पुरुष १८ गरि १९ जना, शिक्षक २३ महिला र ३६ पुरुष गरि ५९ जना, विद्युत कर्मचारी ६ महिला र ३२ पुरुष गरि ३८ जना, सरसफाई कर्मचारी महिला २ र पुरुष ६ गरि ८ जना रहेका छन् ।

आज एकदिन मात्र ६ वटा केन्द्रबाट खोप कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । भोलिबाट गौरादह स्वास्थ्य चौकी, महारानीझोडा स्वास्थ्य चौकी, कोहबरा स्वास्थ्य चौकी, जुरोपानी स्वास्थ्य चौकी र बैगुन्धुरा स्वास्थ्य चौकी गरि ५ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन सकिने सह-संयोजक श्रेष्ठले बताउनुभयो ।

खोप लगाउन जाँदा नागरिकताको परिचय पत्र वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने परिचय पत्रको फोटोकपी, बैंक बित्तिय संस्था, पेट्रोल पम्पको हकमा सम्बन्धित कार्यालयले जारी गरेको परिचय पत्रको फोटोकपी तथा वैदेशिक रोजगारमा जानेले भिसाको फोटोकपी लिएर खोप लगाउन जान आग्रह गरेको छ ।

खोप कार्यक्रम साउन १५ गते सम्म सञ्चालन हुने जनाइएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ३ बजेसम्म तोकिएको छ । यदि खोप लगाएकाहरुमा ज्वरो आएमा सिटामोल खाँदा हुने वा भरसक पानी पट्टी गर्दा अझ राम्रो हुने सहसंयोजक श्रेष्ठले बताउनुभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया