Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १३ साउन २०७८ । देशभर आज पीसीआर परिक्षणबाट १० हजार ८ सय ८६ र एन्टिजेन परिक्षणबाट ४ हजार ९ सय २२ जना गरी कुल १५ हजार ८ सय ८ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ८ सय ४० जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ६ सय ३४ र एन्टिजेन परिक्षणबाट १ हजार २ सय ६ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ८८ हजार ३ सय ७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५८ हजार ३ सय ५० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ३६ हजार ६ सय ५७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.३ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३५ लाख ७४ हजार ८ सय ६४ जना र एन्टिजेन परिक्षणबाट ३ लाख ४ हजार ५ सय ४६ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ११ जना आई.सी.युमा र १ सय ६८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ११ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments