Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १२ साउन २०७८ । देशभर कोरोना संक्रमणको दर प्रत्येक दिन बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट १२ हजार ६ सय ५५ र एन्टिजेन परिक्षणबाट ४ हजार ८ सय ६३ जना गरी कुल १७ हजार ५ सय १८ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ८ सय ९९ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ७ सय २६ र एन्टिजेन परिक्षणबाट १ हजार १ सय ७३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ८५ हजार ६ सय ७३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५७ हजार १ सय ४४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ४२ हजार ८ सय १७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.४ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३५ लाख ६३ हजार ९ सय ७८ जना र एन्टिजेन परिक्षणबाट २ लाख ९९ हजार ६ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २५ हजार ९ सय ३८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ८ सय ९८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ११ जना आई.सी.युमा र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ११ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २२ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया