Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ११ साउन २०७८ । झापाको गौरादहमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम साउन १३ गतेदेखि सञ्चालन हुने भएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार भेरोसेल खोप लगाउने सम्बन्धि सूचना जारी गर्दै खोप कार्यक्रम १३ गतेदेखि सञ्चालन गरिने जनाएको हो । नगरपालिकामा कोभिड-१९ नियन्त्रण सम्बन्धि सोमबार(आज)बसेको सर्वपक्षिय बैठकका निर्णय अनुसार गौरादह नगरपालिका भित्र बसोबास गर्ने ५५ वर्ष र सो भन्दा माथिका सबै नेपाली नागरिकहरुलाई खोप लगाइने भएको छ । यस्तै, स्वास्थ्यकर्मी, शिक्षक, बैंक बित्तिय संस्था, प्रहरी, वैदेशीक रोजगारीमा जाने र पेट्रोल पम्पका कर्मचारीहरुलाई समेत कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाईने भएको छ ।

खोप लगाउन जाँदा नागरिकताको परिचय पत्र वा नेपाल सरकारले जारी गरेको उमेर खुल्ने परिचय पत्रको फोटोकपी, बैंक बित्तिय संस्था, पेट्रोल पम्पको हकमा सम्बन्धित कार्यालयले जारी गरेको परिचय पत्रको फोटोकपी तथा वैदेशिक रोजगारमा जानेले भिसाको फोटोकपी लिएर खोप लगाउन जान आग्रह गरेको छ ।

खोप लगाउनका लागि खोप संचालन हुने स्थानहरुमा सम्पर्क गरि यहि साउन १३,१४ र १५ गते गौरादह स्वास्थ्य चौकी, महारानीझोडा स्वास्थ्य चौकी, कोहबरा स्वास्थ्य चौकी, जुरोपानी स्वास्थ्य चौकी र बैगुन्धुरा स्वास्थ्य चौकीमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन आउन आग्रह गरिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया