Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, १० साउन २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । बजारमा बढ्दो भिंडभाड, स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढ्दै गएको हो । आइतबार(आज)मात्र थप १६ जनामा संक्रमण देखिएको छ । आज थपिएका संक्रमितहरु पीसीआर परिक्षणबाट ३ जना र रेपिड एन्टिजेन परिक्षणबाट १३ जना रहेका छन् ।

एकैदिन १६ जना संक्रमित थप भएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ४ सय ३ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, आज कोहि पनि संक्रमित निको भएर डिस्चार्ज भएका छैनन् । दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ४७ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय ४० पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ८ जना संक्रमित उपचाररत रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ४८ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ८ सय २३ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया