Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, १० साउन २०७८ । देशभर आज २ हजार २ सय ३७ संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट १० हजार ५ सय ६९ र एन्टिजेन परिक्षणबाट ३ हजार २ सय ६५ जना गरी कुल १३ हजार ८ सय ३४ जनामा कोरोना परिक्षण गर्दा एकैदिन २ हजार २ सय ३७ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट १ हजार ५ सय ३९ र एन्टिजेन परिक्षणबाट ६ सय ९८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५४ हजार २ सय ४३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ३४ हजार ७ सय ९९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३५ लाख ३९ हजार ८३ जना र एन्टिजेन परिक्षणबाट २ लाख ८९ हजार ७ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २४ हजार ५ सय ४८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय ८० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ६६ जना आई.सी.युमा र १ सय ६८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments