Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, ९ साउन २०७८ । देशभर प्रत्येक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट १० हजार ६ सय २५ र एन्टिजेन परिक्षणबाट ४ हजार २ सय ८५ जना गरी कुल १४ हजार ९ सय १० जनामा कोरोना परिक्षण गर्दा एकैदिन ३ हजार १ सय १४ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ३ सय ९र एन्टिजेन परिक्षणबाट ८ सय ५ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५४ हजार २ सय ४३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख ३३ हजार २ सय ६० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३५ लाख २८ हजार ५ सय १४ जना र एन्टिजेन परिक्षणबाट २ लाख ८६ हजार ४ सय ६४ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २५ हजार ८६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ५० जना आई.सी.युमा र १ सय ६५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ११ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments