Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, ९ साउन २०७८ । दुवै मिर्गौला फेल भएपछि हाल टिचिङ अस्पतालमा उपचार गराइरहेकी हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मृगौला पाउने भएकी छिन् । पल्पसाका भाइ राजुले मिर्गौला दिन ५ जना आफन्त तयार भएको जानकारी दिएका छन् ।

उनले भने ‘अहिले हामीले दिदीका लागि मिर्गौला पाइसकेका छौँ । चार–पाँच जनाले दिने भनेर आउनुभएको छ, तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’

टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर उपचाररत छिन् । पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको भएपनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइनन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको केही दिन अघि फेसबुक पोस्ट मार्फत आफ्नो र पल्पसाको तस्बिर राखी दीपाश्रीले कलाकार पल्पसा डंगोल (चम्सुरी)को स्वास्थ्य सुधारको कामना गरेपछि उनको स्वास्थ्य अवस्था सार्वजनिक भएको थियो ।

स्वास्थ्य अवस्था सार्वजनकि हुँदा कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन् ।

यदि म्याच भएमा डंगोलको छिट्टै नै नेपालमा नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ । परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएको थियो । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गौला खोजी सुरु गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया