गौरादह, ७ साउन २०७८ । झापामा एकैदिन ३ सय ६ जना संक्रमित थप भएका छन् । जसमा आज सबैभन्दा बढि दमकमा ६८ जना कोरोना संक्रमित थप भएका हुन् । निषेधाज्ञा खुकुलो भएसँगै झापामा कोरोना संक्रमित हुनेको दर पनि बढ्दो क्रममा रहेको छ । पीसीआर परिक्षणबाट ४ सय ७५ र एन्टिजेन परिक्षणबाट ३ सय २८ गरि कुल ८ सय ३ जनामा कोरोना परिक्षण गर्दा ३ सय ६ जनामा संक्रमण पुष्टी भएको छ ।
जसमा पीसीआर परिक्षणबाट ९२ महिला र १ सय १५ पुरुष गरि २ सय ७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ५० महिला र ४९ पुरुष गरि ९९ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १६ हजार ४ सय ५५ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ३२ महिला र ३६ पुरुष, बिर्तामोडका १८ महिला र २१ पुरुष, गौरादहमा १ महिला, मेचिनगरका ७ महिला र १७ पुरुष, भद्रपुरका ३ महिला र ४ पुरुष, कन्काईका ९ महिला र १० पुरुष, अर्जुनधाराका ७ महिला र ८ पुरुष, बुद्धशान्तिका १ महिला र ५ पुरुष, कमलका २ महिला र ५ पुरुष, शिवसतासीका ९ महिला र ७ पुरुष, बाह्रदशीका २ महिला र १ पुरुष, झापाका १ पुरुष, ठेगाना नखुलेको १ महिला रहेका छन् ।
यस्तैगरी, एन्टिजेन परीक्षणबाट दमकका ११ महिला र १३ पुरुष, बिर्तामोडका ६ महिला र ४ पुरुष, भद्रपुरका १ महिला, हल्दिबारीका ३ महिला र १ पुरुष, कचनकवलका ७ महिला र ४ पुरुष, कमलका १९ महिला र १९ पुरुष, बाह्रदशीका २ महिला र ३ पुरुष, झापाका १ महिला र ५ पुरुष रहेका छन् ।
हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ११ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ८ सय ६४ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै आज २ सय २ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ६९ पुगेको छ ।
यस्तै, झापामा आज पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर ५२ वर्षिय पुरुष र ३२ वर्षिया महिला गरि २ जनाको मृत्यु भएको छ । यो सँगै पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ३ सय ८ पुगेको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर २ महिला र २ पुरुष गरि ४ जनाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ । यो सँगै हालसम्म पीसीआर र एन्टिजेनबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको कुल संख्या ४ सय १७ पुगेको जनाइएको छ ।
अहिलेसम्म एन्टिजेन परिक्षणबाट ३ हजार ४ सय ५१ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ६५ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






