गौरादह, ७ साउन २०७८ । झापाको गौरादहमा एकैदिन १४ जना कोरोना संक्रमित थप भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो भिंडभाड, स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाईएको कारण संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि साउन ५ गते एकैदिन २३ जना कोरोना संक्रमणका बिरामी भेटिएका थिए । आज थपिएका संक्रमितहरु पीसीआर परिक्षणबाट २ जना र रेपिड एन्टिजेन परिक्षणबाट १२ जना रहेका छन् ।
एकैदिन १२ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय ८७ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, आज २ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् यो सँगै दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ४७ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय २८ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।
दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ३३ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ७ सय २४ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।






