Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, ७ साउन २०७८ । देशभर आज २ हजार ७ सय १४ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार १ सय २२ र एन्टिजेन परिक्षणबाट ३ हजार ७ सय ७ जनामा गरि १२ हजार ८ सय २९ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ८ सय ३८ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ८ सय ५५ र एन्टिजेन परिक्षणबाट ८ सय ५९ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५२ हजार ४ सय ४३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख २७ हजार १ सय ६९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३५ लाख ४ हजार १ सय ९१ जना र एन्टिजेन परिक्षणबाट २ लाख ७८ हजार ५ सय ६९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २४ हजार ६ सय १६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय ५९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ३५ जना आई.सी.युमा र १ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments