Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, ७ साउन २०७८ । कोरोना (कोभिड–१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप बिहीबार अपरान्ह काठमाडौं आइपुगेको छ ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नेपाल वायु सेवा निगमका अनुसार थप १० लाख डोज खोप लिनका लागि निगमको जहाज बिहीबार राती ११ बजे बेइजिङ जादैंछ ।

शुक्रबार दिउँसो उक्त जहाज काठमाडौं फर्कनेछ । बाँकी डोज ल्याउन शनिबार सोही जहाज बेइजिङ जानेछ ।

नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट उत्पादन भएको ४० लाख भेरोसेल खोप खरिद गरेको हो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments