Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ६ साउन २०७८ । देशभर आज २ हजार ८ सय ३८ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ७ सय १५ र एन्टिजेन परिक्षणबाट ३ हजार ९ सय १ जनामा गरि १२ हजार ६ सय १६ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ८ सय ३८ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ९ सय १८ र एन्टिजेन परिक्षणबाट ९ सय २० जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५१ हजार ५ सय ८४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख २४ हजार ४ सय ५५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ९५ हजार ६९ जना र एन्टिजेन परिक्षणबाट २ लाख ७४ हजार ८ सय ६२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २४ हजार ३ सय ४० जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ४ सय ९२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २७ जना आईसी।युमा र १ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया