Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ५ साउन २०७८ । झापाको गौरादहमा एकैदिन २३ जना कोरोना संक्रमित थप भएका छन् । बजारमा बढ्दो भिंडभाड र लापरवाहीका कारण संक्रमितको संख्या बढ्दै गएको पाइएको हो । आज थपिएका संक्रमितहरु पीसीआर परिक्षणबाट ३ जना र रेपिड एन्टिजेन परिक्षणबाट २० जना रहेका छन् ।

एकैदिन २३ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय ७३ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ४५ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या १ सय १४ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ५ जना संक्रमित उपचाररत रहेका छन् ।

गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा २ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या १ सय २१ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ७ सय ४० जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया