Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ५ साउन २०७८ । देशभर निषेधाज्ञा खुकुलो भएसँगै ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १२ जिल्ला पुगेको छ । निषेधाज्ञा कडा हुँदा ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुको संख्या घट्दै आएको भएता पनि निषेधाज्ञा खुकुलो भएसँगै जिल्ला पनि थप हुन गएको हो । यस्तै, नेपालमा आज ३ हजार १ सय ८ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ८ हजार ८ सय ३६ र एन्टिजेन परिक्षणबाट ४ हजार २ सय ९९ जनामा गरि १३ हजार १ सय ३५ जनामा कोरोना परिक्षण गर्दा कुल ३ हजार १ सय ८ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट २ हजार २ सय २ र एन्टिजेन परिक्षणबाट ९ सय ६ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ५० हजार ६ सय ६४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९ सय ३७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ८६ हजार ३ सय ५४ जना र एन्टिजेन परिक्षणबाट २ लाख ७० हजार ९ सय ६१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार ८ सय ३४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ५ सय ८५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ९२ जना आई.सी.युमा र १ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १२ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २२ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया