झापा, ४ साउन २०७८ । नेपालमा एकैदिन २ हजार ४ सय ४५ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ८ सय ३३ र एन्टिजेन परिक्षणबाट ३ हजार गरि ८ हजार ८ सय ३१ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ४ सय ४५ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ६ सय ४२ र एन्टिजेन परिक्षणबाट ८ सय ३ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४९ हजार ७ सय ४३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख १८ हजार ४ सय ९४ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.७ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ७७ हजार ६ सय ५ सय १८ जना र एन्टिजेन परिक्षणबाट २ लाख ६६ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २३ हजार ३ सय ३४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ५ सय ३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ६४ जना आई.सी.युमा र १ सय ५५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






