Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

जनकपुर, ३ साउन २०७८। जनकपुर-जनयनगर रेलवे सेवाको ट्रयाक स्पिड परिक्षण गरिएको छ ।

भारतबाट रेल खरिद गरेर ल्याएको १० महिनापछि ट्रयाक स्पिड परिक्षण गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भटटराईले जनकपुर-जयनगर रेल्वे सेवा संचालनका लागि आइतबार रेल्वेको ट्रयाक ट्रयाक स्पिड परिक्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले केही प्राविधिक परिक्षण समेत गरिएको पनि उहाँले जानकारी दिनुभयो । भारतको पुर्वी केन्द्रिय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेलवे स्टेशसनबाट जनकपुर आएको र जनकपुरबाट प्रति घण्टा १२० किलोमिटरको गतिमा जयनगर फर्किएको छ ।ईमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया