Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १ श्रावण २०७८ । झापाको दमकमा जुवा(कौडा) खेलिरहेको अवस्थामा गौरादहका ४ सहित ११ जना जुवाडे पक्राउ परेका छन् । दमक नगरपालिका-७ हाटखोला स्थित कर्ण बहादुर राईको घरमा जुवा(कौडा) खेलिरहेको अवस्थामा ११ जनालाई शुक्रबार(आज)साँझको अन्दाजी ६ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका-७ का ४० वर्षिय कर्ण बहादुर राई(घरधनी), गौरादह नगरपालिका-३ का ४२ वर्षिय दिनेश अधिकारी, गौरादह-८ का ३८ वर्षिय ईन्दु कुमार राजवंशी, सुनसरी इटहरी उपमहानगरपालिका-४ का ३५ वर्षिय विक्रम गुरुङ, गौरादह-२ का ३२ वर्षिय निर्मल थापा, दमक-२ का ४२ वर्षिय राम बहादुर धिमाल, दमक-७ का ४० वर्षिय राजन दाहाल, गौरादह-३ का ३४ वर्षिय अंकित कार्की, दमक-७ का ४४ वर्षिय गंगा पाठक, ईटहरी उपमहानगरपालिका-१९ का २६ वर्षिय मिलन राई, दमक-६ का ३३ वर्षिय विजय सिंह रहेका छन् ।

घरधनी कर्ण बहादुर राईको घरमा पैसाको बाजी थापी जुवा खेलीरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरिक्षक समेतको प्रहरीको टोली पुग्दा जुवाडेहरुलाई खालमा पैसाको बाजी थापी हार जित हुने जुवा(कौडा) खेलिरहेको अवस्थामा नगद २ लाख ८ हजार ९५, कौडा १६ थान र ओछयाइएको कार्पेट सहित उनिहरुलाई पक्राउ गरिएको जनाइएको छ । यस सम्बन्धमा थप कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया