Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

शान्ति सुब्बा
गौरादह, ३१ असार २०७८ । झापाको गौरादहमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । गौरादह नगरपालिका-१ गेउरीया घर भएका ३९ वर्षिय उतिम ऋषिदेवले घरायसी वादविवादका क्रममा आफ्नै श्रीमती ४० वर्षिया संगिता टुडुको हत्या गरी फरार भएका हुन् । घरायसी वादविवादको क्रममा श्रीमानले आफ्नै श्रीमतीलाई कुटपीट गरि हत्या गरेर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

मृतक महिला र श्रीमान बिच दिनहुँ झगडा भइरहने भएकाले हत्या गर्नु अघि पनि उनिहरु बीच झगडा भएको बताइएको छ । मृतक महिलालाई उदीम कृषि सहकारीको खेतको टहरामा लगि कुटपीट गरी हत्या गरेर शव सोहि स्थानमा छाडेर फरार भएको प्रवक्ता थापाले जानकारी दिनुभयो । बिहिबार(आज)बिहान ८ः३० बजे मृत अवस्थामा महिलाको शव फेला परेको जनाइएको छ । श्रीमतीको हत्या गरेर फरार श्रीमानको खोजी कार्य भईरहेको प्रवक्ता थापाले बताउनुभयो । मृतक महिलाको शवलाई भने पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया