Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, २८ असार २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ६ सय ८९ र एन्टिजेन परिक्षणबाट ३ हजार ८ सय ९५ जना गरि ११ हजार ५ सय ८४ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ३ सय ७० संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ६ सय ९० र एन्टिजेन परिक्षणबाट ६ सय ८० जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४४ हजार ३ सय १९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख १ हजार ४ सय ५८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख २३ हजार १ सय ६४ जना र एन्टिजेन परिक्षणबाट २ लाख ३८ हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार ९ सय ४७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ४९ जना आई.सी.युमा र १ सय ६३ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २६ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments