Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २८ असार २०७८ । आइतबार उल्लेख्य दरले उछाल आएको शेयर बजारमा सोमबार उसैगरी गिरावट आयो ।

बजार परिसूचक नेप्से ४५ अंकले ओरालो लागेर २८ सय ५४ मा आएर थामियो ।

कारोबारमा भने सुधार आएर १० अर्ब हाराहारी पुग्यो । यस दिन सामुहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रहे बाहेक अरु सबै समूह राताम्मे रहे ।

बीमा समूहमा अढाई सय अंक हाराहारीको गिरावट आयो । उत्पादनमूलक र होटल तथा पर्यटन समूह पनि सय अंक बढीले ओरालो लागे ।

अरु समूह पनि दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको २ करोड ६० लाख कित्ता शेयर ९ अर्ब ९८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया