Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २६ असार २०७८ । झापामा आज ५७ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ सय १८ र एन्टिजेन परिक्षणबाट २९ गरि कुल १ सय ४७ जनामा कोरोना परिक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टी भएको हो ।
जसमा पीसीआर परिक्षणबाट १८ महिला र २६ पुरुष गरि ४४ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ८ महिला र ५ पुरुष गरि १३ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका ७ महिला र १२ पुरुष, बिर्तामोडका ४ महिला र ६ पुरुष,मेचिनगरका १ महिला र ३ पुरुष, भद्रपुरका ३ महिला र ३ पुरुष, अर्जुनधाराका १ पुरुष, कचनकवलका १ महिला, कमलका १ महिला र १ पुरुष, बाह्रदशीका १ महिला रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट मेचिनगरका १ पुरुष, बुद्धशान्तिका ७ महिला र ४ पुरुष, र कचनकवलका १ महिला रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ४२ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै आज ८७ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४५ पुगेको छ ।

यस्तै, झापामा आज एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ९० पुगेको छ । यो सँगै हालसम्म पीसीआर र एन्टिजेनबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको कुल संख्या ३ सय ७५ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार ६ सय ४८ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ६१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments