Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, २६ असार २०७८ । देशभर कोरोना संक्रमितको मृत्यु संख्यामा केहि कमि भएता पनि संक्रमितको संख्या भने बढि नै रहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज हुनेको संख्या पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १ सय ६९ संक्रमित थपिंदा १ हजार ४ सय ३२ संक्रमित डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ५ सय ३० र एन्टिजेन परिक्षणबाट ३ हजार ८ सय ८७ जना गरि १० हजार ४ सय १७ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार १ सय ६९ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ३ सय५ ३ र एन्टिजेन परिक्षणबाट ८ सय १६ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४३ हजार ४५ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ९७ हजार २ सय ५७पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४।५ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ९ हजार ९ सय ४० जना र एन्टिजेन परिक्षणबाट २ लाख ३१ हजार ९४ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार ५ सय ३९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ४३ जना आई.सी.युमा र १ सय ५५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments