Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २६ असार २०७८ । अमेरिकाले नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले केहीदिन भित्रै १५ लाख भन्दा बढीलाई पुग्ने गरी निःशुल्क खोप उपलव्ध गराउने जानकारी दिनुभएको हो ।

नेपाल अमेरिका साझेदारीका ७३ वर्षे यात्रामा यो अत्यन्त खुशीको क्षण भएको राजदूत बेरीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो । नेपालले कोरोना विरुद्धको खोप उपलव्ध गराउन विभिन्‍न तहमा विभिन्न मुलुकहरुसँग कुटनैतिक पहल गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments