Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २५ असार २०७८ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप शनिबार नेपाल आउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको हो ।

साथै भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो । रोयटर्सले ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै उक्त खोप शनिबार नेपाल पुग्ने जनाएको हो । उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार विहान नेपाल आइपुगेको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमान बिहीबार साँझ खोप लिन बेइजिङ गएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments