Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २४ असार २०७८ । झापामा आज १ सय ३२ कोरोना संक्रमितका बिरामी थपिएका छन् । पीसीआर परिक्षणबाट ३ सय २ र एन्टिजेन परिक्षणबाट १ सय २० गरि कुल ४ सय २२ जनामा कोरोना परिक्षण गर्दा १ सय २२ जनामा संक्रमण पुष्टी भएको हो ।
जसमा पीसीआर परिक्षणबाट ४८ महिला र ४४ पुरुष गरि ९२ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १५ महिला र २५ पुरुष गरि ४० जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ७ सय ७८ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा दमकका १२ महिला र ९ पुरुष, बिर्तामोडका ९ महिला र १२ पुरुष, गौरादहका ४ महिला, मेचिनगरका ४ महिला र ५ पुरुष, भद्रपुरका ४ महिला र ७ पुरुष, कन्काईका ४ महिला र ५ पुरुष, हल्दिबारीका २ महिला र १ पुरुष, अर्जुनधाराका १ महिला र ३ पुरुष, बुद्धशान्तिका ४ महिला र १ पुरुष, कमलका १ महिला, शिवसतासीका १ महिला र १ पुरुष, ठेगाना नखुलेका १ महिला रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट मेचिनगरका १ महिला, हल्दिबारीका २ महिला, अर्जुनधाराका ११ महिला र १८ पुरुष, बुद्धशान्तिका १ महिला र ६ पुरुष, झापाका १ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ९० पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय १६ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४८ पुगेको छ ।

यस्तै, झापामा आज पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर ३ जना पुरुषको मृत्यु भएको छ । यो सँगै पीसीआर बाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ८४ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ७१ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार ५ सय ६२ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ६० हजार ९ सय ५१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments