Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २४ असार २०७८ । झापाको गौरादहमा एकैदिन ८ जना कोरोना संक्रमित थप भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा बढ्दो भिंडभाड, व्यवसायी, सामग्री खरिद गर्न आउने उपभोक्ता लगायतको लापरवाही, मास्क नलगाउने, मास्क चिउँडोमा लगाउने जस्ता प्रवृत्तिले पनि संक्रमितको संख्या बढ्दै गएको पाईएको हो ।

आज थपिएका संक्रमितहरु पीसीआर परिक्षणबाट ५ जना र रेपिड एन्टिजेन परिक्षणबाट ३ जना रहेका छन् । एकैदिन ८ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ३७ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या ८७ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ५ जना संक्रमित उपचाररत रहेका छन् ।

गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् । दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या ९३ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ६ सय ८७ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया