Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २३ असार २०७८ । दमकका ७६ सहित झापामा एकैदिन २ सय ५५ संक्रमित थप भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या पनि वृद्धि भएको हो । पीसीआर परिक्षणबाट ६ सय १ र एन्टिजेन परिक्षणबाट ९० गरि कुल ६ सय ९१ जनामा कोरोना परिक्षण गर्दा २ सय ५५ संक्रमित थप भएको हो ।

जसमा पीसीआर परिक्षणबाट ९७ महिला र १ सय ३५ पुरुष गरि २ सय ३२ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ९ महिला र १४ पुरुष गरि २३ जनामा संक्रमण देखिएको छ । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १४ हजार ६ सय ८६ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परिक्षणबाट संक्रमित हुनेहरुमा सबैभन्दा धेरै दमकका २९ महिला र ४७ पुरुष, बिर्तामोडका २१ महिला र २७ पुरुष, गौरादहका १ महिला र ३ पुरुष, मेचिनगरका १३ महिला र १७ पुरुष, भद्रपुरका ९ महिला र १४ पुरुष, कन्काईका ६ महिला र ८ पुरुष, हल्दिबारीका १ पुरुष, अर्जुनधाराका ३ महिला र ९ पुरुष, बुद्धशान्तिका २ महिला, कमलका ३ महिला र २ पुरुष, शिवसतासीका ७ महिला र ४ पुरुष, बाह्रदशीका ३ महिला र २ पुरुष, झापाका १ पुरुष रहेका छन् ।

यस्तैगरी, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ५ महिला र ७ पुरुष, मेचिनगरका १ महिला र १ पुरुष, भद्रपुरका १ पुरुष, अर्जुनधाराका १ पुरुष, बुद्धशान्तिका ३ महिला र ४ पुरुष रहेका छन् ।

हालसम्म पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १४ पुगेको जनाइएको छ । एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै एकैदिन १ सय १७ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ७ सय ३३ पुगेको छ ।

यस्तै, झापामा आज पीसीआर परिक्षणबाट कोरोना पुष्टी भएर दमकका ५३ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै पीसीआर बाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या २ सय ८१ पुगेको छ । एन्टिजेन परिक्षणबाट ४५, ६२ वर्षिया महिला र ५५ वर्षिय पुरुष गरि ३ जनाको मृत्यु भएको छ । यो सँगै एन्टिजेन परिक्षणबाट कोरोना पुष्टी भएर मृत्यु हुनेको संख्या ८७ पुगेको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय ६८ पुगेको जनाइएको छ ।

अहिलेसम्म एन्टिजेन परिक्षणबाट २ हजार ५ सय २२ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ६० हजार ६ सय ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments