Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २३ असार २०७८ । झापाको गौरादहमा आज ४ जना कोरोना संक्रमित थपिंदा एकैदिन २० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ४ जना संक्रमित थप भएको हो । संक्रमितहरु गौरादह -१ का ६७ वर्षिय पुरुष, वडा नं. ४ कि २१ वर्षिया महिला, वडा नं. ७ का ५० वर्षिय पुरुष र वडा नं. ९ का २६ वर्षिय पुरुष गरि ४ जना संक्रमित रहेका छन् ।

एकैदिन ४ जना संक्रमित थपिएसँगै गौरादहमा कोरोना संक्रमणको दोस्रो लहर देखा परेसँगै संक्रमित हुनेको संख्या ३ सय २९ पुगेको गौरादह नगर स्वास्थ्य शाखाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, आज २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै दोस्रो लहरको संक्रमण देखिएसँगै संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या २ सय ३७ पुगेको जनाइएको छ । यस्तै, कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेको संख्या ७९ पुगेको छ । कोरोना संक्रमणका कारण बिरामी भई विभिन्न हस्पिटलको आइसोलेसनमा ५ जना संक्रमित उपचाररत रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा १ जना संक्रमित रहेका छन् ।

दोस्रो लहरको भेरियन्ट देखिएसँगै सक्रिय संक्रमितको संख्या ८५ पुगेको छ । ३५ वडा बेड रहेको आइसोलेसनमा १४ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको जनाइएको छ । आज सम्म पीसीआर परिक्षणबाट १ सय ४० जनाको र रेपिड एन्टिजेन परिक्षणबाट ६ सय ८७ जनाको कोरोना जाच गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ महिला र ४ पुरुष गरि ७ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया