Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २२ असार २०७८ । देशभर आज २ हजार ६ सय ३४ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार ५ सय ३ र एन्टिजेन परिक्षणबाट ५ हजार ८२ जना गरि १२ हजार ५ सय ८५ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ६ सय ३४ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ७ सय १८ र एन्टिजेन परिक्षणबाट ९ सय १६ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३९ हजार ९ सय १० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ८७ हजार ९ सय ९५ पुगेको जनाइएको छ । एकैदिन १ हजार ५ सय ६५ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ८३ हजार ५ सय ४४ जना र एन्टिजेन परिक्षणबाट २ लाख १३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २२ हजार ९ सय ६९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ८ सय ५९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ६७ जना आई।सी।युमा र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया